यसैबीच सुरक्षित इन्टरनेट दिवस २०२० को अवसरमा मंगलबार राजधानीको टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीमा एक कार्यक्रम आयोजना गरिएको छ । साइबर सुरक्षाको क्षेत्रमा क्रियाशील संस्थाहरु एनपी सर्टसिएसआरआई नेपालको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा बालबालिकाहरुका लागि कसरी इन्टरनेट र सामाजिक सञ्जालको सुरक्षित र सकारात्मक प्रयोग गर्न सकिन्छ भन्ने विषयमा विभिन्न विषयविज्ञहरुले सहभागी विद्यार्थीहरुलाई सहजिकरण गरेका थिए ।

यसअन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणकी डेपुटी डाइरेक्टर रोजा किरण बासुकलाले पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालबाट बाल दुव्र्यवहार र जोखिम बढिरहेको चर्चा गर्दै यसतर्फ बेलैमा सचेत हुुनुपर्ने धारणा राखिन् । अनलाइन खेलको लतदेखि अश्लील सामाग्रीसम्म बालबालिकहरुको नजर परिरहेको बताउँदै उनले यस्ता क्रियाकलापले साइबर अपराधको जोखिम निम्तिन सक्ने विचार राखिन् ।

उनले भनिन्, ‘सामाजिक सञ्जाल र इमेलका पासवर्ड कसैलाई पनि नदिने, सवंदेदनशील फोटो र सामाग्री सेयर नगर्ने, एउटै पासवर्ड धेरै ठाउँमा नराख्ने र कसैले अश्लील सामाग्री पठाएमा त्यसलाई तुरुन्त प्रमाणसहित सम्बन्धित निकायमा उजुरी दिने गर्नुपर्छ ।’

Image may contain: 8 people, including Shiva Basnet, people sitting and indoor

सो अवसरमा साइबर सुरक्षा अनुसन्धानविद् ऋषभ पण्डितले बालबालिकाहले सुरक्षित रुपमा इन्टरनेट प्रयोग गर्न नजान्दा आउने समस्याहरुको चर्चा गर्दै बच्ने उपायहरुको जानकारी दिए ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष सुद्धकुमार डंगोलले बालबालिकाहरुले इन्टरनेट चलाउँदा धेरै ठाउँमा फस्न सकिने डर रहेको भन्दै विद्यालय, अभिभावक र सामाजिक संस्थाहरुले सचेतना प्रदान गर्नुपर्ने भनाइ राखे ।

सो अवसरमा बोल्दै एनपी सर्टका अध्यक्ष चिरञ्जिवी अधिकारीले साइबर थ्रेट विरुद्ध जोगिन जनचेतना तथा अभिमुखीकरण नै पहिलो र महत्वपूर्ण उपाय रहेको बताए । उनले बालबालिकाहरुलाई अनलाइन लतबाट बचाउन र नेपालको साइबर सेक्युरिटी फ्रेमवर्कको क्षेत्रलाई बलियो पार्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

टेक्सास इन्टरनेश्नल एजुकेशनल नेटवर्कका आइटी विभागका प्रमुख सुमन थपलियाले बालबालिकाहरुलाई सुरक्षित इन्टरनेट प्रयोगका सन्दर्भमा बेलैमा सचेत गराउँदा भविष्यमा हुनसक्ने साइबर अपराध र जोखिमको न्यूनिकरण हुने विचार राखे ।

कार्यक्रममा डब्लुआइआइटी नेपालकी भाइस प्रेसिडेन्ट शिला कार्की कंसकार, एनपी सर्टका कार्यसमिति सदस्य सुरेश भण्डारी, सिएसआरआई नेपालका महासचिव डिल्ली चौधरी, एसआइसिटी नेपालका महासचिव शिव बस्नेत लगायतको उपस्थिति थियो ।

कार्यक्रमको सह-आयोजकमा डब्लुआईआईटी रहेको थियो भने सहयोगीहरुमा वान कभर र आइसिटी फ्रेम रहेका थिए । कार्यक्रममा एक सयजना भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

Watch The Video: Safer Internet Day 2020

News Coverage: ICT Frame, Livenp, Hamrosamaj  ICTTECH.NEWS 

Techpana