संचार तथा सुचना प्रविधि मन्त्रालयलाई CSRI को तर्फबाट “राष्ट्रिय साइबर सुरक्षा नीति , २०७८ मस्यौदा” उपर राय सुझाव पेश गरिएको सम्बन्धमा प्रेस विज्ञप्ति

श्री नेपाल सरकार सूञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई CSRI को तर्फबाट
राष्ट्रिय साइबर सुरक्षा नीति,२०७८-मस्यौदाउपर राय सुझाव पेश
गरिएको सम्बन्धमा
प्रेस विज्ञप्ति

“सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन” नेपालको पहिलो साइबर सेक्युरिटी रिसर्च संस्था हो । यस संस्थाले नेपालको सूचना सञ्चार तथा प्रविधि र साइबर सुरक्षा क्षेत्रमा खोज, अनुसन्धान, नवप्रवर्तन, तालिम तथा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको यस विषम परिस्थितिमा डिजिटल नेपाल निर्माणलाई थप सबल बनाउन नेपाल सरकारको राष्ट्रिय साइबर सुरक्षा नीति,२०७८ को मस्यौदा असाध्यै स्वागतयोग्य रहेको छ । यसै सन्दर्भमा त्यस मन्त्रालयबाट उपरोक्त मस्यौदा उपर मिति २०७८/०२/२८ गते सम्ममा राय, सुझाव, पृष्ठपोषण गर्न मिति २०७८/०२/१४ गते सूचना प्रकाशन भए बमोजिम यस संस्थाका प्रतिनिधिहरुबीच गहन छलफल भई उपरोक्त राष्ट्रिय साइबर सुरक्षा नीति,२०७८ को मस्यौदामा राय सुझाव तयार पारेका थियौँ ।

उक्त राय सुझाव संकलन कार्यका लागि प्रस्तावक तथा प्रस्तुतकर्ता सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनको तर्फबाट विशेष सल्लाहकारका रुपमा अध्यक्ष प्रा।डा। सुवर्ण शाक्य, निवर्तमान अध्यक्ष श्री चिरञ्जीवी अधिकारी र मुख्य सहजकर्ताका रुपमा महासचिव ई। शालीग्राम पराजुली रहनुभएको थियो साथै राय सुझाव संकलन गर्न गठित टिममा उपाध्यक्ष श्री मिलनराज नेपाली – संयोजक, उपाध्यक्ष श्री रोजाकिरण बासुकला – सदस्य, कार्यसमिति सदस्य श्री शिला कंसाकार कार्की – सदस्य, कार्यसमिति सदस्य श्री रेगबहादुर भण्डारी – सदस्य, कार्यसमिति सदस्य श्री तेज प्रसाद धमला – सदस्य, कार्यसमिति सदस्य श्री गंगा भण्डारी – सदस्य र कार्यसमिति सदस्य श्री आभास अधिकारी – सदस्य रहनुभएको थियो ।

नेपाल सरकारलाई सूचना प्रविधि क्षेत्रमा तत्काल, मध्यकाल र दीर्घकालमा गर्नुपर्ने सम्पूर्ण खालका सूचना सञ्चार तथा प्रविधि र साइबर सुरक्षा सम्बन्धी कार्यक्रमको लागि आवश्यक सूचना प्रविधि विशेषज्ञ जनशक्तिहरु उपलब्ध गराई समर्थन, सहकार्य तथा सहयोग गर्न यस संस्था सदैव तयार रहेको प्रतिवद्धता जनाउँदै सूचना सञ्चार तथा प्रविधिमा साइबर सुरक्षाको लागि निम्नानुसारका संलग्न राय सुझाव श्री नेपाल सरकार सूञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पेश गरेका थियौँ :

क० राष्ट्रिय साइबर सुरक्षा नीति, २०७८ को मस्यौदामा संशोधन गर्न CSRIको सुझाव
ख० राष्ट्रिय साइबर सुरक्षा नीति, २०७८ को मस्यौदामा थप गर्न CSRIको सुझाव

अध्यक्ष
सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन ।